आइतबार, असोज १८, २०८३

टाइगर-३ : ज्यान बनाउँदै सलमान खान

पछिल्लो केही दिनयता बलिउडमा अभिनेता सलमान खानको नयाँ फिल्म ‘टाइगर-३’ को चर्चा छ। ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ पछि सलमान यो फिल्मको तेस्रो सिरिजको तयारी गरिरहेका छन्।
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

पछिल्लो केही दिनयता बलिउडमा अभिनेता सलमान खानको नयाँ फिल्म ‘टाइगर-३’ को चर्चा छ। ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ पछि सलमान यो फिल्मको तेस्रो सिरिजको तयारी गरिरहेका छन्।

दैनिक भास्करको समाचारअनुसार यो फिल्मको सुटिङ चाँडै सुरु हुँदैछ। सुटिङको पूर्वसन्ध्यामा सलमानले सार्वजनिक गरेको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडियोमा सलमान यो फिल्मका लागि जिममा एक्सरसाइज गर्दै गरेको देख्न सकिन्छ। इन्स्टाग्राममा भिडियो सेयर गर्दै सलमानले लेखेका छन्, ‘मलाई लाग्छ, यो मान्छे ‘टाइगर ३’ का लागि ट्रेनिङ गरिरहेको छ।’

खबर अनुसार यो फिल्ममा सलमानका अलावा इमरान हाशमी र कैटरीना कैफ पनि प्रमुख भूमिकामा देखिँदैछन्। मनिष शर्माले निर्देशन गर्ने यो फिल्म अर्को वर्ष रिलिज हुने तयारीमा छ।

प्रकाशित: Jul 22, 2021| 15:15 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।