शनिबार, चैत ७, २०८२

पत्रकार खाशोग्जीको हत्याअघिका संवादको अडियो सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- पत्रकार जमाल खाशोग्जीको हत्याअघिका संवादको अडियो रेकर्डिङ सार्वजनिक भएको छ। 

टर्किश दैनिक सबाह खबरले उनको हत्याअघि भएका दोहोरो संवाद सार्वजनिक गरेको हो। अडियो रेकर्डिङ भने टर्किको गुप्तचर विभागले फेला पारेको हो।  

गत वर्ष स्तानबुलस्थित साउदी कन्सुलेटभित्र पत्रकार खाशोग्जीको हत्या भएको थियो। हत्यापछि उनको शवलाई थैलामा राखिएको पाइएको थियो। हत्यामा साउदी राजकुमार सल्मान र साउदी सरकारको संलग्नता रहेको आशंका गरिएको छ।  

अमेरिकामा बसोबास गर्दै आएका खाशोग्जी वासिङ्टन पोस्टका नियमित स्तम्भकार थिए। 

सबाह दैनिकका अनुसार उनी कार्यालयमा प्रवेश गर्दा उनले चिनेका व्यक्तिले अभिवादन गरेको पनि बताइएको छ । ‘आउनुस्, कृपया बस्नुस् । हामी तपाईंलाई (रियाद) लैजान आएका हौं,’ खाशोग्जीको हत्याअघि उनीसँग भएको वार्ता उध्दृत गर्दै साउदी गुप्तचर विभागका एक वरिष्ठ अधिकारी तथा साउदी राजकुमार महम्मद बिन सल्मानका अंगरक्षक महर अब्दुल्लाजिज मुतरेबले भने । 

हत्या हुनुपूर्व खाशोग्जी र साउदी हिट स्क्वाडका सदस्यबीच भएको भनिएको र टर्किश गुप्तचर संस्थाले प्राप्त गरेको भनिएको ध्वनि संवादमा सुनिएका कुराकानी :   

मुतरेब : छोराका लागि एउटा सन्देश छाडिदिनुस्। 

खाशोग्जी : छोरालाई के भनेर भन्नु? 

मुतरेब : एउटा सन्देश लेख्नुस्, यस्तो लेख्नु भनेर म सिकाउँला, तपाईंलाई देखाउँला यसो लेख्नु भनेर। 

खाशोग्जी : के भनौं मैले, चाँडै भेट्नेछु। 

हिट स्क्वाडका एक अपरिचित : कुरा छोट्याउनुस्। 

मुतरेब : म इस्तानबुलमा छु। मलाई भेट्न नसक्दा कुनै चिन्ता नलिनु भनेर लेख्नुस्।

खाशोग्जी : म अपहरणमा परें भनेरचाहिँ भन्दिनँ।  

हिट स्क्वाडका एक अपरिचित : लौ, आफ्नो ज्याकेट फुकाल्नुस्।  

खाशोग्जी : कन्सुलेट जस्तो ठाउँमा यस्तो के गर्न लागेको ? मैले हिजोआज कसैविरुद्ध केही लेखेकै छैन त। 

हिट स्क्वाडका एक अपरिचित : कुरो छोट्याउनुस्। 

खाशोग्जी  : मैले भनें त केही लेखे कै छैन भनेर। 

मुतरेब : लेख्नुस जमाल। चाँडो गर्नुस्। हामीलाई सहयोग गर्नुस् यस काममा ताकी हामी तपाईंलाई सहयोग गर्न सकौंला। हामी खासमा तपाईंलाई साउदी अरब लैजान आएका हौं। तपाईंले असहयोग गर्नुभयो भने तपाईंलाई थाहा छदैंछ- हामी केसम्म गर्न सक्छौं।

खाशोग्जी  : यहाँँ एउटा तौलिया पनि रहेछ। मलाई लागुऔषध खुवाउन लागेको त हैन? 

अल-तुबैगी : हामी तपाईंलाई बेहोश पारेर सुताउँछौं।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।