शनिबार, चैत ७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बेलायती प्रधानमन्त्रीको दोस्रो प्रस्ताव पनि संसदबाट अस्विकृत

बेलायती प्रधानमन्त्रीको दोस्रो प्रस्ताव पनि संसदबाट अस्विकृत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको निर्वाचन प्रस्ताव हाउस अफ कमन्सले दोस्रोपटक पनि अस्वीकृत गरिदिएको छ । 

युरोपेली युनियनबाट बाहिरिने (ब्रेक्जिट) प्रस्ताव संसदबाट अस्वीकृत भएसँगै हतास बोरिसले अक्टोबर १५ मा निर्वाचन गर्ने प्रस्ताव संसदमा लगेका थिए । तर, उनको यो प्रस्ताव दोस्रोपटक पनि सांसद्हरुले अस्वीकृत गरिदिएका छन् ।

निर्वाचन गराउनका लागि संसदमा त्यसको प्रस्तावमा तल्लो सदनको ४३४ मतको आवश्यकता पर्छ ।

तर, प्रधानमन्त्री जोनसनको प्रस्तावको पक्षमा २ सय ९३ जना सांसदहरुले मात्र मतदान गरेका थिए, जुन आवश्यक संख्या भन्दा कम हो ।

विपक्षी मात्रै नभएर सत्तारूढ दलकै सांसदले नो–डिल ब्रेक्जिटसम्बन्धी विधेयक पारित हुन नदिएपछि जोन्सनले निर्वाचन गराउन चाहेका छन् । तर, सत्तारूढसँगै विपक्षी दलका केही सांसद् बेक्जिटका लागि बाध्य पार्न जोन्सनले निर्वाचनको कार्ड प्रयोग गर्न खोजेको भन्दै विरोध गरेका छन् ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।