शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. विश्व प्रसिद्ध मोटर कम्पनी निशानले एउटा महत्वपूर्ण नेतृत्वकर्ता गुमाउने भएको छ। प्रमुख कार्यकारी हिरोतो साइकावाले एउटा भुक्तानी प्रकरणमा अनियमितता देखिएपछि कम्पनीको इज्ज्तका लागि नैतिकताको आधारमा साइकावाले राजीनामा गर्न लागेका हुन्।

२. रुसको सत्तारुढ दल युनाईटेड रसिया पार्टीले मस्को सहरको विधायक निर्वाचनमा निकै ठूलो हार व्यहोर्नुपरेको निर्वाचन परिणामले देखिएको छ।

३. बेलायती प्रधानमन्त्री बोरिस जोनशनले आज संसद निलम्बन गर्ने भएका छन्। सर्त वा विनासर्त जसरी भए पनि युरोपेली संघ छोड्ने उनको हुटहुटी संसदबाट पुरा हुन नपाएपछि आफ्नो महत्वाकांक्षा पुरा गर्न उनले त्यसो गर्न लागेका हुन्।

४. जापानमा एक शक्तिशाली सामुद्रिक तुफानका कारण सय भन्दा बढी उडानहरु रद्ध गरिएको छ। यस तुफानले नियमित विद्युत सप्लाई अबरुद्ध हुन पुग्दा झण्डै १० लाख मानिसहरु प्रभावित भएका छन्।

५. उत्तर कोरियाले अत्याधुनिक क्षेप्यास्त्रहरुको नियमित उत्पादन तथा प्रक्षपण जारी राखेको दक्षिण कोरियाली प्रतिरक्षा मन्त्रालयले जनाएको छ। उच्च अभिभेदनसहितका तस्बिरहरु अध्ययन गरेपछि उक्त कुरा पत्ता लागेको हो।

६. हङकङमा गत जुन महिनाबाट सुरु भएको राजनीतिक उपद्रवले उग्र रुप लिएको छ। हालै आन्दोलनकारीहरुले त्यहाँस्थित अमेरिकी नियोग अगाडि अमेरिकी झण्डा र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका तस्बिरहरु बोकेर प्रदर्शन गरेका छन्।

७. अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी राजनीतिमा हालसम्मकै सबैभन्दा विवादास्पद ठहरिएको एक अध्ययनले देखाएको छ। उनका हरेक गतिविधि आत्मकेन्द्रि, व्यक्तिवादी र आफ्नो खानदानी पेशालाई मजबुद बनाउमात्रै प्रयोग भइरहेको प्रमाणित हुँदै गएको छ।

८. इरानी विदेशमन्त्री जावेद जरिफले अमेरिकाका हरेक गतिविधि अन्य देशमाथि राजनीतिक, सामाजिक तथा आर्थिक शोषण गर्ने काममा केन्द्रित रहेको बताएका छन्।

९. संयुक्त राष्ट्रसंघीय मानव अधिकार संस्थाकी प्रमुख मिसेल विशेलेटले भारतद्वारा कश्मीरमा भएको सबै गतिविधिहरु अत्यन्तै अमानवीय भएको र त्यसबाट आफू मर्माहित भइरहेको बताएकी छन्।

१०. भारतको मध्यप्रदेश प्रान्तका मुख्यमन्त्री कमलनाथविरुद्ध सन् १९८४ को शिखविरोधी दंगा भड्काउन भड्काउ भाषणा गरेको आरोप लगाइएको छ। यसले उनलाई ठूलो राजनीतिक धक्का दिने भाजपा नेतृत्वको भारतको केन्द्र सरकारका गृहमन्त्री अमित शाहले जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।