काठमाडौं- अब एनएमबी बैंकको सिफारिसमा नेपाली नागरिकले जापानमा रोजगारी र कर्जा पाउने भएका छन्।
बैंकले आइतबार भारतमा सम्पन्न ग्लोबल एलाइन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) को एसिया च्याप्टरको बैठकमा दाइ–इची कङ्ग्यो क्रेडिट कोअपरेटिभ (डीकेसी) सँग रोजगारी र कर्जा दिनेसम्बन्धमा सहमति गरेको छ।
सो सहमतिपत्रमा डिकेसीका प्रमुख निर्देशक (चिफ डाइरेक्टर) मोबुयुकी नित्ताल र एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरेका छन्।
सो सहमतिपश्चात् डिकसीले जापानमा बैंकको सिफारिसमा नेपालीलाई जागिर र कर्जा मात्र प्रदान गर्ने नभएर जापानमा रहेका गैर आवासीय नेपालीहरू (एनआरएन) लाई विदेशी मुद्राको खाता तथा जापानबाट नेपालमा रेमिट्यान्स् प्रवाहमा पनि सहजीकरण गर्ने सहमति भएको एनएमबी बैंकले जनाएको छ।
एनएमबि बैंक र डीकेसी दुवै जीएबीभीका सदस्य छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४