काठमाडौं- आज, बुधबार सुनको भाउ एक हजार रुपैयाँले बढेको छ भने अमेरिकी डलर पनि १.६० रुपैयाँले बढेको छ ।
मंगलबार एक अमेरिकी डलरको बिक्री दर ११४.५५ रुपैयाँ थियो भने बुधबार ११६.१५ रुपैयाँ पुगेको छ । त्यस्तै बुधबार छापावाल सुनको मूल्य एक हजारले महंगिएर ७३ हजार ५०० रुपैयाँ प्रति तोला पुगेको छ ।
त्यस्तै चाँदी पनि ४५ रुपैयाँले बढेर प्रतितोला ९४० रुपैयाँ पुगेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।
डलर महंगिदा नेपाली निर्यातकर्ताहरुलाई फाइदा हुन्छ भने आयातित सामग्रीको मूल्य बढ्ने गर्दछ ।
नेपाली रुपैयाँको विनिमय दर भारतीय रुपैयाँसँग स्थिर छ । जसका कारण भारतीय रुपैयाँ डलरसँग कमजोर हुँदा नेपाली रुपैयाँ पनि डलरसँग स्वतस् कमजोर हुन्छ ।
डलर मंहगो हुँदा नेपालमा मुल्यवृद्धि हुने गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४