शुक्रबार, साउन २९, २०८३

बीस अंकले बढ्यो शेयर बजार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमडौं–  आज, मंगलबार शेयर बजार परिसूचक (नेप्से) २०.५७ अंकले उकालो लागेको छ । 

आइतबार र सोमबार दोहोरो अंकले गिरावट आएको नेप्से मंगलबार भने अन्तिम समयमा आएर उकालो लागेको हो । यसदिन कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । 

सोमबार ४० करोडको हाराहारीमा कारोबार भएको बजारमा मंगलबार ५१ करोडको कारोबार भएको छ । 

यसदिन अन्य समूह र म्युचुअल फण्ड समूह बाहेक बाँकी सम्पूर्ण समुहको शेयर मूल्य बढेको छ ।  सबैभन्दा बढी जीवन बीमा र निर्जिवन बीमा समूहको सूचक बढेको छ । 
यी समूहको क्रमशः १४५ र १२३ अंकले बजार बढेको छ । 

त्यस्तै बैकिंङ समूह १८.९८, होटल्स २३.६८, विकास बैंक २१.५९,जलविद्युत २१.९३,फाइनान्स ६.५७,उत्पादनमूलक ४७.९९ र माइक्रोफाइनान्स ३३.१३ अंकले उकालो लागेको छ । 

आज सबैभन्दा बढी कमाउने कम्पनीमा यूनिभर्सल पावर कम्पनी, सूर्य लाइफ इन्स्योरेन्स, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लगायत छन् । 

सबैभन्दा बढी गुमाउनेमा सिटी एक्सप्रेस फाइनान्स, रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, घलेम्दी हाइड्रो लगायत छन् । 

मंगलबार नेपाल बांग्लादेश बैंकको प्रमोटर शेयरको कारोबार रु ५ करोड ७२ लाख बराबरको भएको छ। 

त्यसैगरी नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एसिया बैंक लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्