शुक्रबार, साउन २९, २०८३

मुलुकको शोधनान्तर स्थिति ९ वर्षपछि ऋणात्मक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं । मुलुकको शोधनान्तर स्थिति ९ वर्षपछि ऋणात्मक देखिएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०७५/७६ मा मुलुकको शोधनान्तर स्थिति ६७ अर्ब ४० करोड रूपैयाँले घाटामा छ । यसअघि आर्थिक वर्ष ०६६/६७ मा मुलुकको शोधनान्तर स्थिति ऋणात्मक रहेको थियो । उक्त वर्ष शोधनान्तर घाटा ३ अर्ब ३३ करोड रहेको थियो । 

आर्थिक वर्ष ०७४/७५ मा भने शोधनान्तर स्थिति ९६ करोड रूपैयाँले बचतमा थियो । 

व्यापार घाटा, चालू घाटालगायत कारणले मुलुकको शोधनान्तर स्थिति घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । 

शोधनान्तर स्थिति घाटामा हुनु अर्थतन्त्रका लागि चिन्ताको विषय भएको र यसले अर्थतन्त्रमा गम्भीर संकट देखिन सक्ने अर्थविद्काे भनाइ छ । 
 
राष्ट्र बैंकले भने तत्काल वित्तीय संकटको अवस्था भने नरहेको दाबी गरेकाे छ । 

व्यापार घाटा १४ खर्बभन्दा बढी

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा १४ खर्बभन्दा बढी छ । गत आवमा वस्तु तथा सेवातर्फ कुल १५ खर्ब ७ अर्ब रूपैयाँको आयात हुँदा निर्यात भने ९८ अर्ब रूपैयाँको मात्रै भएको राष्ट्र बैंकले जनाएकाे छ ।

गत आवमा गत आर्थिक वर्षमा आयात रकम पनि बढेको छ । राष्ट्र बैंकका अनुसार नेपालको वस्तुतर्फको आयात १३.९ प्रतिशतले बढेर कुल १४ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, सेवाखाताअन्तर्गतको भ्रमण व्यय १२.५ प्रतिशतले बढेर ८९ अर्ब ५८ करोड पुगेको छ । 

नेपालले निर्माणाधीन जलविद्युत् परियोजना सम्पन्न गरी विद्युत् आयात रोक्न सके शोधनान्तर स्थितिमा सुधार हुने जानकार बताउँछन् । 

के हो शोधनान्तर स्थिति ?

मुलुकमा भित्रिने र बाहिर जाने रकमको अन्तर शोधनान्तर स्थिति हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्