शुक्रबार, वैशाख ४, २०८३

उपाधिका लागि आज नेपाल र भारत भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- भारतमा जारी पाँचौ संस्करणको साफ यू-१५ च्याम्पियनसिपको उपाधिका लागि आज (शनिबार) नेपाल र भारत भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुने छ ।

नेपाल भारताविरुद्ध लिगमा भोगेको हारको बदला लिन चाहन्छ । जहाँ भारतलाई पराजित गर्दै उपाधि जित्न चाहन्छ । यतिमात्र हैन अघिल्लो दुई पटक फाइनल पुग्दा नेपाल भारतसँगै नै पराजित हुँदै उपाधिबाट बन्चित भएको थियो । नेपाललाई आज त्यसको पनि बदला लिदै इतिास रच्ने अवसर छ ।

तर, बलियो भारतलाई उसैको मैदानमा रोक्न नेपाललाई कठिन हुनेछ । भारत प्रतियोगितामा शतप्रतिशत जित निकाल्ने एक्लो टिम हो । यसअघि सन् २०१३ र २०१७ मा भारतले उपाधि जित्दा फाइनलमा नेपाललाई पराजित गरेको थियो । 

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल भारतसँग ५-० गोल अन्तरले पराजित हुँदै प्रतियोगिताको सुरुवात गरेको थियो । त्यसपछि भने नेपालले लगातार तीन खेलमा जित हात पार्यो । दोस्रो खेलमा श्रीलंकालाई २-० गोलले पराजित गर्दा, तेस्रो खेलमा बंगलादेशलाई ४-१ र अन्तिम खेलमा भुटानलाई ६-० गोलले पराजति गर्दै फाइनलमा भारतसँगको भेट पक्का गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।