काठमाडौं - साताभर दुई अर्ब ११ करोड ८९ लाख ५६ हजार ३०० रुपैयाँ बराबरको २ करोड ११ लाख ८९ हजार ५६३ कित्ता सेयर किनबेचका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ।
नेप्सेका अनुसार सूचिकृत सेयरमध्ये एक अर्ब ७९ करोड १४ लाख ५६ हजार ३०० रुपैयाँ अर्थात् १ करोड ७९ लाख १४ हजार ५६३ कित्ता बोनस सेयर र ३२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर रहेका छन्।
सूचिकृत बोनस सेयरमध्ये नेपाल लाइफ इन्स्योरेन्सको एक अर्ब ९ करोड ९२ लाख ३२ हजार १०० रुपैयाँ अर्थात एक करोड ९ लाख ९२ हजार ३२१ कित्ता सेयर, सेन्चुरी कमर्सियल बैंकको १६ करोड ५० लाख पाँच हजार २ सय रुपैयाँ बराबरको १६ लाख ५० हजार ५२ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ।
त्यस्तै उन्नती माइक्रोफाइनान्स वित्तिय संस्थाको दुई करोड २२ लाख ७५ हजार बराबरको २ लाख २२ हजार ७ सय ५० कित्ता, नागवेली लघुवित्त वित्तिय संस्था एक करोड ४३ लाख ८० हजार बराबरको १ लाख ४३ लाख ८ सय कित्ता र प्रिमियर इन्स्योरेन्स कम्पनीको ४९ करोड पाँच लाख ६० हजार रुपैयाँ बराबरको ४९ लाख ५ हजार ६ सय बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ।
त्यसैगरी ग्रामिण विकास लघुवित्त वित्तिय संस्थाको ३२ करोड ७५ लाख अर्थात् ३२ लाख ७५ हजार राइट सेयर पनि कारोबारको लागि नेप्सेमा सूचिकृत भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४