बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले मोडमा बस दुर्घटना : तीन महिलाको मृत्यु, २५ घाइते

एमाले मोडमा बस दुर्घटना : तीन महिलाको मृत्यु, २५ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- सुर्खेतको भेरीगंगा नगरपालिका १२ को हर्रे नजिकै एमालेमोडमा बस दुर्घटना हुँदा तीन जना महिलाको मृत्यु भएको छ । 

बुधबार बिहान भएकाे  दुर्घटनामा परेर २५ जना घाइते भएका छन् । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रवि रावलका अनुसार घटनास्थलमा एक जना र उपचारको क्रममको कोहलपुरमा दुई जनाको मृत्यु भएको छ । मृतको सनाखत भए भएको छैन ।

बसको चालक सहित ४ बच्चा ८ जना महिला र १३ पुरुष गरी जम्मा २५ जना घाईते भएको प्रहरीको भनाइ छ । घाइतेहरुहरुको छिन्चु र कोहलपुरमा उपचार भैरहेको छ । 

पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडीबजारबाट नेपालगञ्जका लागि छुटेको ना ४ ख ९३१७ नम्बरको रात्री बस आज विहान करिव ४ बजेतिर भेरीगंगा हर्रेको एमाले मोड नजिकै दुर्घटना दुर्घटनमा परेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।