बिहीबार, साउन २८, २०८३

टेक्सास मेनेजमेन्ट एण्ड आइटी करिअर फेयर बुधबार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - बुधबार टेक्सास मेनेजमेन्ट एण्ड आइटी करिअर फेयर-२०१९ हुँदैछ।

टेक्सास कलेज अफ मेनेजमेन्ट एण्ड आइटी र टेक्सास इन्टरनेशनल कलेजको आयोजनामा हुने यो फेयरमा २५ भन्दा बढी कर्पोरेट हाउसको उपस्थिति हुने भएको छ। टेक्सास कलेज अफ मेनेजमेन्ट एण्ड आइटीको सिफलस्थित कलेज भवनमा हुने फेयरले रोजगारीको अवसर प्रदान गर्ने बताइएको छ। 

फेयरमा सहभागी र कर्पोरेट हाउसका विज्ञहरुबीच प्रत्यक्ष रुपमा संवाद हुने भएकोले यसले उनीहरुलाई एकआपसमा जोड्न र रोजगारीका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकले विश्वास लिएको छ। 

फेयरमा करिअर काउन्सिलिङ्ग, सेलिब्रेटीको उपस्थितिमा लाइभ म्यूजिक हुनेछ। यस्तै गेम स्टल, फूड स्टल र फेस पेन्टपनि फेयरमा रहने आयोजकले बताएको छ।

फेयर बिहान १० बजेदेखि ५ बजेसम्म चल्ने छ। सहभागीलाई आयोजकले आफ्नो व्यक्तिगत विवरण (cv) सहित उपस्थित हुन आग्रह गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्