आइतबार, मंसिर २८, २०८२

सिद्धार्थ बैंकले थप्यो दुई नयाँ शाखा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – सिद्धार्थ बैंकले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले  सोमबार धनुषाको रामानन्द चोक र बाँकेको बीपी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। 

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ।

हालै सञ्चालनमा आएको शाखासहित बैंकले देशभर १६३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १७८ एटीएम  र १५ सय भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्