मंगलबार, असार १७, २०८२

बाल्ट्राको डिलर मिट सम्पन्न 

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौं – बाल्ट्रा होम एप्लाइन्सले काठमाडौंको याक एण्ड यति होटलमा आफ्नो डिलर मिट सम्पन्न गरेको छ। डिलर मिटमा २५० भन्दा बढी काठमाडौंका डिलर तथा डिस्ट्रिब्यूटरहरुको उपस्थिति रहेको थियो । 

बाल्ट्राले आफ्नो डिलरहरुको निरन्तर साथ र समर्थनको प्रशंसामा उक्त टूगेदर अहेड नामक इभेन्ट आयोजना गरेको थियो। उक्त इभेन्टको अवसर पारेर बाल्ट्राले आफ्नो बिग एप्लाईन्सेस्का नयाँ रेञ्जहरु लन्च गरेको थियो। उक्त इभेन्टको मुख्य आकर्षणको रुपमा बाल्ट्राले ए.सि., स्मार्ट टि.भि., म्यूजिक सिस्टम, डिपफ्रिज, रेफ्रिजेरेटर र वासिङ्ग मेसिन लन्च गरेको थियो । 

मनोरञ्जनले भरिपूर्ण उक्त डिलर मिटमा उत्कृष्ट डिलरहरुलाई अवार्डद्वारा सम्मानित गरिएको थियो । ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १५ वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । यसका साथै नेपाली बजारमा बिग एप्लाईन्सेस्को क्षेत्रमा बाल्ट्राले अग्रणी स्थान हासिल गर्ने लक्ष्य लिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्