सोमबार, चैत २, २०८२

ओरालो लाग्यो नेप्से

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ। साताको आज दोस्रो दिन नेप्से ६.४९ बिन्दुले घटेर एक हजार २०३.१३ बिन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक १.०७ बिन्दुले घटेर २६२.३७ मा पुगेको छ। 

नेप्से घटेपनि कारोवार रकम भने औसतमा रहेको छ। कूल १७२ कम्पनीको १६ लाख तीन हजार ३२६ कित्ता शेयर रु ३८ करोड पाँच लाख ९६ हजार ५७१ मा कारोबार भयो। 

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहको शेयर नै आज ओरालो लागेको छ। बैंकिङ ४.८५, होटल १४.३३, विकास बैंक ४.०८, जलविद्युत् ८.८८, वित्त २.४७, निर्जीवन बीमा २८.३६, उत्पादन २२.५२, अन्य ४.४८, लघुवित्त ०.८१, जीवन बीमा ६८.०३ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले घटेको छ। 

सोमबार प्रभु बैंकको संस्थापक शेयरको सबैभन्दा बढी कारोवार भएको छ। सो बैंकको रु १० करोड २१ लाख ६१ हजार ७८४ बराबरको कारोवार भयो। यस्तै नविल बैंक रु एक करोड ७९ लाख २९ हजार ३०, नेपाल बैंक रु एक करोड ६७ लाख ११ हजार ६५४, एनआइसिएशिया बैंक रु एक करोड ३८ लाख ८२ हजार ३९७, नेपाल लाइफ इन्स्योरेन्स रु ९२ लाख ८६ हजार र रसुवागढी जलविद्युत् कम्पनी रु ८५ लाख ४६ हजार ७९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे। 

स्टकका अनुसार आज साल्ट ट्रेडिङ कम्पनीका शेयरधनीले ४.८७ प्रतिशतले कमाएका छन्। यस्तै मेरो माइक्रोफाइनान्स वित्तीय संस्था ४.६७, आँधीखोला लघुवित्त वित्तीय संस्था ३.८०, कर्णाली डेभलपमेन्ट बैंक ३.७७, र सबैको लघुवित्त वित्तीय संस्था ३.७५ प्रतिशतले कमाए। 

यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी ६.३३, आँखु खोला जलविद्युत् कम्पनी ५.९७, एनआइबिएल प्रगति फण्ड ५.४५, सिर्जना फाइनान्स ४.४१, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ४.३० र रसुवागढी हाइड्रोपावर कम्पनीका शेयरधनीले ४.१० प्रतिशतले गुमाए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्