बिहीबार, साउन २८, २०८३

सुनको मुल्यमा नयाँ किर्तिमान : प्रतितोला ७३ हजार ५ सय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- हरेक दिन नयाँ रेकर्ड बनाएको पहेलो धातु सुनले सोमबार (आज) पुन नयाँ रेकर्ड बनाएको छ ।

आज सुन तोलामा एकहजार रुपैयाँले बढेर प्रतितोला ७३ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।  यस्तै छापावाल सुन ७३ हजार २०० मा कारोबार भएको छ । 

महासंघका अनुसार गत आइतबार सुन  प्रतितोला ७२ हजार ५०० मा कारोबार भएको थियो । सोमबार बजार खुल्ने वित्तिकै सुन तोलामा एक हजार रुपैयाँले बढेको थियो । 

विश्वबजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रुपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासङ्घले जनाएको छ । 

भारतमा भएको जम्बु कश्मीरको द्धन्द, अमेरिका चिन व्यापार युद्ध र इरान माथि अमेरिकाको नाकाबन्दीको मुख्य असर अन्तर्राष्ट्रिय सुन बजारमा परेको छ ।
 
लगानीकर्ताहरुले सुरक्षित लगानीका लागि सुन रोज्दा सुनको बजार आकाशिएको हो ।
  
त्यस्तै चाँदी पनि प्रतितोला १० रुपैयाँले बढेको छ । आइतबार चादी प्रतितोला ८५० मा कारोबार भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्