बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आयातमै सकियो १४ खर्ब १८ अर्ब, खाद्यान्नमा मात्रै ५९ अर्ब  विदेशियाे

आयातमै सकियो १४ खर्ब १८ अर्ब, खाद्यान्नमा मात्रै ५९ अर्ब  विदेशियाे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- नयाँ सरकारको सधैँ एउटै हुँकार हुन्छ- 'मुलुकलाई उत्पादनमा आत्मानिर्भर बनाई आर्थिक विकास गर्नेछौं ।' र, यही नारा दुई तिहाइ मतसहितको केपी ओली नेतृत्वको सरकारले पनि थियो ।
 
'समृद्ध नेपाल सुखी नेपाली' लाई मुल नारा बनाएको वर्तमान सरकारको पालामा आर्थिक सूचक र आयातको स्थिति हेर्दा दुबै नारासँग कतै पनि तालमेल मिलेको देखिंदैन । 

तथ्यांकले के भन्छ भने, मुलुक झन् परनिर्भर बन्दै गएको छ। हरेक वस्तुको आयात बढेको छ । 

कतिसम्म भने कृषि प्रधान मुलुकमा चामल, गहुँ, मकै, कोदो, फापरलगायतका अन्नको आयातमा मुलुकको अर्बौं रुपैयाँ बाहिरिएको छ । तथ्यांकअनुसार खाद्यपदार्थकाे आयातमा ५९ अर्ब ३४ करोड रुपैयाँ विदेशीएकाे छ । 

त्यति मात्रै होइन, जलस्रोतको दोस्रो धनी देशमा विदेशबाट कोइलाबाट उत्पादित अर्बौं रुपैयाँको बिजुली र करोडौं रुपैयाँको पानी किनिएको छ।
 
नेपालमै उत्पादन गर्न सकिने खाद्य पदार्थमा नै परनिर्भर बनेको हाम्रो देशमा विलासी वस्तुको आयात क्याल्कुलेटरले थेग्न नसक्ने गरी बढेको छ ।
 
समग्रमा १४ खर्ब १८ अर्ब ५३ करोड ५३ लाख ४३ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ। आयत बढ्दै जाँदा सरकारी अधिकारीहरु नै विश्व मुद्रा कोष (आइएमएफ) लाई गुहार्नु पर्ने अवस्था आउन सक्ने चेतावनी दिइरहेका छन् । 

कुन वस्तुको आयात कति?

ईलेक्ट्रिक तथा मेकानिकल (मोवाइल टिभीदेखि पंखा फ्रिजसम्म) 

आयात संख्या- ५४ करोड ८४ लाख ५९ हजार ८८७ 

बाहिरिएको रकम- रु. २ खर्ब ३१ अर्ब ९२ करोड 

सवारीसाधन तथा सवारीजन्य वस्तु  (सवारी साधन तथा त्यसमा प्रयोग हुने सामानहरु पर्छन्) 

आयात संख्याः ६ करोड ८२ लाख ३६ हजार ८६८  

बाहिरिएको रकम- रु. ९० अर्ब ४२ करोड 

कपडा तथा शृंगारका सामान (तयारी कपडादेखि शृंगार सामाग्रीसम्म) 

आयात संख्या- ७९ करोड ४५ लाख ६३ हजार १७८ किलोग्राम 

बाहिरिएको रकम-  रु. ६५ अर्ब ४१ करोड

धातु तथा प्लास्टिकजन्य पदार्थ (धातु तथा प्लास्टिकबाट बनेका भाँडाकुडा र पार्ट्सहरु) 

आयात संख्या- अनगिन्ति ।

बाहिरिएको रकम- रु. ६२ अर्ब २६ करोड 

खाद्यपदार्थ (दाल चामलदेखि कोदो फापरसम्म)

आयात परिमाण- रु.१ अर्ब ५४ करोड किलोग्राम 

बाहिरिएको रकम-  रु. ५९ अर्ब ३४ करोड 

औषधी तथा अस्पातलजन्य पदार्थ (औषधी, केमिकल तथा सर्जिकल सामान) 

आयात परिमाण- ६० करोड ४८ लाख ६३ हजार ४१८ किलोग्राम 

बाहिरिएको रकम-  रु.३३ अर्ब ८९ करोड 

बिउबिजन तथा विषादी  (खाद्यान्न र तरकारीको बिउ तथा विषादी) 

आयात परिमाण- ७६ करोड ४ लाख ७० हजार ५ सय ४४ किलोग्राम 

बाहिरिएको रकम-  रु. ३२ अर्ब १ करोड 

तरकारी तथा मसलाजन्य पदार्थ (सबैखाले तरकारी र ल्वाङ सुकुमेलजस्ता सामाग्री)  

आयात परिमाण- १ अर्ब ६९ करोड ७२ लाख १४ हजार किलोग्राम  

बाहिरिएको रकम-  रु. २८ अर्ब ६६ करोड  

फलफूल

आयात परिमाण- ३८ करोड १४ लाख ९० हजार ५११ किलोग्राम 

बाहिरिएको रकम-  रु.१७ अर्ब ७१ करोड 

जंक फुड (चक्लेट, बिस्कुट, चाउचाउजस्ता प्याकेटबन्द खानेकुरा) 

आयात परिमाण- १० करोड ९२ लाख ४५ हजार ४५० किलोग्राम 

बाहिरिएको रकम-  रु.११ अर्ब ९० करोड ८१ लाख  

दूधजन्य पदार्थ  (दही, घिउ, पनिर लगायतका परिकार) 

आयात परिमाण- ७५ लाख ७२ हजार ३०४ किलोग्राम  

बाहिरिएको रकम- रु. १ अर्ब ६० करोड ८१ लाख 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्