बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विकास समितिको निर्देशनः सिसडोल भरियो, बैकल्पिक व्यवस्था छिटो गर

विकास समितिको निर्देशनः सिसडोल भरियो, बैकल्पिक व्यवस्था छिटो गर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– संसदको विकास तथा प्रविधि समितिले काठमाडौं उपत्यकाको फोहोर फ्यांक्ने गरिएको सिसडोल ल्याण्डफिल साइट भरिन लागेको भन्दै चाँडै बैकल्पिक व्यवस्था गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरे डाँडाको पूर्वाधार निर्माण छिटो सम्पन्न गरी फोहोर फ्याँक्ने व्यवस्था मिलाउन समितिले भनेको छ । 

मन्त्रालयले बन्चरे डाँडामा ल्याण्डफिल साइटका लागि पूर्वाधार निर्माण कार्य दशैं अगावै सक्किने जनाएको छ । 

त्यसैगरी समितिले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लगानी बोर्ड, शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र अन्य सम्बद्ध स्थानीय तहसँग छलफल गर्ने निर्णय पनि गरेको छ । 

बैठकले प्राथमिकताको आधारमा नयाँ शहर बसाउने कार्य तीव्र रुपमाअघि  बढाउन पनि शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । 

सरकारले मध्यपहाडी लोकमार्ग र हुलाकी सडक खण्ड नजिक पर्ने ४५ स्थानमा नयाँ शहर विकास गर्ने योजना अघि सारेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्