शनिबार, असोज ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आईएसएमटीमा पढ्दापढ्दै कामको प्रस्ताव आउँछ : वासुदेव वस्ती, अपरेसन डाइरेक्टर 

आईएसएमटीमा पढ्दापढ्दै कामको प्रस्ताव आउँछ : वासुदेव वस्ती, अपरेसन डाइरेक्टर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नेपालमै अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा दिनका लागि सन् २०११ मा आईएसएमटी कलेजको स्थापना गरिएको हो।

विदेशमा अध्ययन गरेर आएकाहरूले नेपालमा सहजै काम पाइरहेका छन्। हामीलाई के लाग्यो भने त्यही गुणस्तरको शिक्षा नेपालमै दिने हो भने विद्यार्थीहरूले नेपालमै पढ्न पाउने भए, अर्कोतिर रकम विदेशिने समस्या पनि केही कम गर्न सकिने भयो। त्यसैले काठमाडौंको गैरीगाउँमा अन्तर्राष्ट्रिय स्तरको आईएसएमटी (इन्टरनेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी) स्थापना गरियो।

बीएस्सीआइटी, बीबीए र बीएचएम विषय अध्यापन हुने यो कलेजले बेलायतको डिग्री प्रदान गर्छ। परीक्षा नेपालमै सञ्चालन भए पनि कापी जाँच्ने, प्रश्न बनाउने र रिजल्ट निकाल्ने काम बेलायतकै विश्वविद्यालयले गर्छ। 

अन्यभन्दा फरक 

हामीले कलेजमा सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक ज्ञान र प्रयोगात्मक अभ्यासलाई पनि निकै महत्व दिइरहेका छौं। हाम्रा अधिकांश कक्षा प्रयोगात्मक अभ्यासमै आधारित हुन्छन्। विद्यार्थीको समग्र ज्ञान र सीपको विकासलाई ध्यानमा राखेर पढाइने हुँदा अरुभन्दा फरक छ, आईएसएमटी। 

नेपालमा आईएसएमटी मात्र एउटा त्यस्तो कलेज हो, जसबाट विद्यार्थीले बेलायत, अमेरिका, अस्ट्रेलिया लगायतका देशका कलेजमा क्रेडिट ट्रान्सफर गर्न सक्छन्। यदि कुनै विद्यार्थी आईएसएमटीबाट क्रेडिट ट्रान्सफर गराएर विदेशका कलेजमा जाने हो भने उसलाई त्यहाँको वातावरण बुझ्न र घुलमिल हुन सहज हुन्छ। 

मार्केट डिमान्ड

नेपाली बजारमा हामीले पढाएका विद्यार्थीको माग अत्यधिक छ। सबैभन्दा बढी बिएस्सीआईटीको माग छ। सूचना प्रविधि (आईटी) को ज्ञान अब हरेक क्षेत्रमा आवश्यक भइसकेको छ। आईटीबारे ज्ञान नहुने हो भने कुनै पनि क्षेत्रमा सफल हुन कठिन छ। हाम्रो कलेजबाट बिएस्सी आईटी गरिसकेपछि कोही पनि बेरोजगार बस्नु परेको छैन।

बीएचएम (ब्याचलर्स इन हस्पिटालिटी म्यानेजमेन्ट) पनि प्राविधिक विषय हो। यसको माग पनि विश्वभर नै छ। नेपालमा पनि प्रत्येक वर्ष दुई–तीनवटा पाँचतारे होटल खुलिरहेका छन्। विश्वभरमै दोस्रो प्राथमिकतामा परेको क्षेत्र हो यो। 

नेपालले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिसकेको छ। त्यसैले पनि हस्पिटालिटी पढेको जनशक्तिको खाँचो झन् धेरै छ। आइएसएमटीले दिने ब्रिटिस डिग्री लिएका विद्यार्थी कुशल व्यवस्थापक समेत बनेका छन्। 

कतिपय कम्पनीले विद्यार्थीलाई कामको प्रस्ताव राख्न कलेजमै आउने गरेका छन्। 

बजार अनुसारको पाठ्यक्रम

नेपालमा नपढेकोभन्दा पढेका मानिस बेरोजगार देखिन्छन्। किनभने हाम्रो शिक्षा बजारको आवश्यकता अनुसारको हुन सकेन। त्यसैले आइएसएमटीले बजारको आवश्यकता अनुसारको पाठ्यक्रम बनाएर पढाइरहेको छ। 

यस कलेजले अनुसन्धान र औद्योगिक क्षेत्रलाई चाहिने जनशक्ति उत्पादन गरिरहेको छ। हामी बजारको अनुसन्धान गरेर त्यसै अनुसार पाठ्यक्रम विकास गर्छौं। त्यसले गर्दा आईएसएमटीमा अध्ययन गरेका विद्यार्थीले सहजै काम पाउँछन् वा आफ्नै व्यवसाय सुरु गर्न सक्छन्। 

सहज शुल्क 

आईएसएमटीले दिने शिक्षा र सुविधा अनुसार शुल्क धेरै छैन। त्यसैगरी १२ कक्षामा राम्रो गरेका जेहेन्दार तथा गरीब विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ। आईएसएमटीले शिक्षा क्षेत्रलाई व्यवसायभन्दा बढी सामाजिक उत्तरदायित्वको रूपमा लिएकाले थोरै शुल्क लिएको हो।

रुचि अनुसारको कलेज 

कुनै पनि कलेज छान्नुअघि विद्यार्थी आफैंले के र किन पढ्ने भन्नेमा स्पष्ट हुनुपर्छ। त्यसपछि आफ्नो रोजाईको विषय पढाई हुने कलेजको सूची बनाएर त्यहाँको पाठ्यक्रम कस्तो छ, पढाउने तरिका के छ, कस्तो जनशक्ति उत्पादन भइरेको छ भन्ने बुझ्नु पर्छ।

आईएसएमटीले बेलायत र अस्ट्रेलियाका विभिन्न कलेज–विश्वविद्यालयसँग सहकार्य गरिरहेको हुँदा विदेशको ‘एक्सपोजर’ चाहने विद्यार्थीका लागि पनि यो उपयुक्त छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्