बिहीबार, साउन २८, २०८३

धितोपत्र बोर्डको विज्ञ सदस्यमा ढुंगाना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - भिष्मराज ढुंगाना नेपाल धितोपत्र बोर्डको विज्ञ सदस्यमा नियुक्त भएका छन्। ढुंगाना नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत हुन्। निलबहादुर सारु मगरले अवकास पाएपछि ६ महिनादेखि सो पद रिक्त थियो। स्रोतका अनुसार बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीको म्याद आगामी कार्तिक १ गतेदेखि सकिँदैछ। 

त्यसैले ढुंगानालाई अध्यक्ष बनाउने सोचका साथ अर्थमन्त्री युवराज खतिवडाले उनलाई विज्ञ सदस्यको रुपमा नियुक्त गरेका हुन्। ढुंगानाले राष्ट्र बैंकको ३० वर्षे अवकाश नीतिका कारण तीन महिना अघिमात्र अवकास पाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्