शनिबार, वैशाख १९, २०८३

वाणिज्य बैंकले पनि ब्रोकरको काम गर्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले पनि धितोपत्र दलाल व्यवसायीको काम गर्ने भएको छ।

सरकारी स्वामित्वको एक मात्र बैंकको रुपमा रहेको वाणिज्य बैंकले सहायक कम्पनी खोलेर धितोपत्र दलाल व्यवसायीको काम गर्ने भएको छ।

बैंकको बिहीबार सम्पन्न विशेष साधारणसभाले सहायक कम्पनी खोली धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताको काम निर्णय गरेको हो। 

आर्थिक सवलीकरणको लागि बैंकले विभिन्न सहायक कम्पनी मार्फत् व्यवसाय गर्न थालेको छ। सोही क्रममा बैंकले सहायक कम्पनी खोली धितोपत्र दलालको कारोबार गर्ने भएको हो। 

वाणिज्य बैंकले ब्रोकर लाइसेन्स लिएर कारोबार गर्ने निर्णय गरे पनि नेप्सेले लाइसेन्स दिने काम केही समयको लागि स्थगित गरेको छ। तर धितोपत्र व्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न भने बैंकले अगाडि बढाउन सक्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्