बिहीबार, चैत १२, २०८२

चुरोटजस्तै हानिकारक 'इ–स्मोकिङ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
पछिल्लो समय इ–चुरोटको क्रेज बढ्दै गएको छ। विशेषगरी धुम्रपानको लत छोड्न 'इ–स्मोकिङ' प्रयोग गर्ने गरेको प्रायोगकर्ताहरु बताउँछन्। तर, डब्लुएचओ को एक रिर्पोटले 'इ–स्मोकिङ'ले पनि अरु चुरोटजस्तै असर गर्ने गर्छ। अरु चुरोटहरुमा पाइने विषाक्त रसायन यसमा पनि पाइने र यसले पनि उत्तिकै मात्रामा शरीरलाई असर पुर्‍याउने रिपोर्टमा उल्लेख छ। 

'इ–स्मोकिङ' गर्नेहरुमा अरुको तुलनामा हृदयघातको संभावना ५३ प्रतिशत बढी रहन्छ। यसमा निकोटिनको मात्रा वढी हुने भएकाले अरु चुरोटमा हुने हानिकारक तत्व जस्तै यसले स्वास्थ्यमा असर पार्छ। लामो समयसम्म 'इ–स्मोकिङ' गर्नेहरुमा उच्च रक्तचापको समस्यासमेत देखा पर्ने गरेको रिपोर्टमा उल्लेख छ। 

सुर्तीजन्य पदार्थको प्रयोग विश्वमै ठूलो स्वास्थ्य समस्याको रुपमा देखा परेको छ। धुम्रपानमा हुने प्राणघातक रसायनले शरीरको प्रतिरक्षात्मक प्रणालीलाई कमजोर बनाउँछ। धुम्रपानले मुखमा घाउखटिरा आउने, निमोनिया, क्षयरोग, तालु खुइलिने जस्ता समस्या देखा पर्छ। शरीर कालो हुने, खोकी लाग्ने, शरीर थाक्ने, नसा र धमनी सुनिन्ने जस्ता समस्या हुँदै हृदयघातसम्म हुनेगर्छ।

कुनै पनि व्यक्तिले आफ्नो परिवार र बच्चालाई माया गर्छ भने उसले धुम्रपानको लत त्याग्नै पर्ने हुन्छ। जो बच्चाका आमाबुबालाई धुम्रपानको लत लागेको हुन्छ, ती बच्चाहरुलाई 'ब्रोन्कोसिप्रोमेट्री' जस्ता रोगले ज्यान लिने खतरा हुने निष्कर्षसमेत अनुसन्धानले निकालेको छ। यो रोग प्यासिभ स्मोकिङ को कारण हुने गर्छ। प्यासिभ स्मोकिङ भनेको एक व्यक्तिले धुम्रपान गर्दा छेउमै रहेका अरुलाई उत्तिकै असर पुर्‍याउनु हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्