बिहीबार, साउन २८, २०८३

सेञ्चुरी कमर्सियल बैंकको 'बैंक ग्यारेण्टी' सुविधा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसंग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्यसहित हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई २०७५/११/१९ मा गरेको संशोधन बमोजिम बैंक ग्यारेण्टी सुविधा प्रदान गर्ने निर्णय गरेको छ।

यस अन्तर्गत बैंकले रु. १,५०,००,०००.०० ( एक करोड पचास लाख मात्र) को बैंक ग्यारेण्टी तल उल्लेखित बमोजिम पाँच वर्षको लागि जारी गर्नेछ।

नगद मार्जिन    = रु. २०,००,०००.०० (रु. बिस लाख मात्र)
कमिशन = रु. ४,००,०००.०० (रु. चार लाख मात्र)

साथै बैंकले विदेशी मुद्रा सटहीमा आकर्षक सुविधा दिनुको साथै वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि विशेष खाता सुविधा पनि सञ्चालन गरेको जानकारी दिएको छ। उल्लेखित सुविधाले वैदेशिक रोजगार व्यवसायीहरुलाई काम गर्न सजिलो हुनुको साथै कामदारहरुलाई समेत थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्