बिहीबार, साउन २८, २०८३

नाडा अटो शो भदौ १० देखि १५ सम्म चल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- नाडा अटो शो २०१९ यही भदौ १० गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा हुने भएको छ। नाडा अटोमोवाईल्स एशोसियसन अफ नेपालले सवारी साधन, पार्ट पूर्जा, वित्तिय सेवा लगायतको प्रदर्शनी गर्नेगरी नाडा अटो शोको १४ औं संस्करण गर्न लागेको हो।

भृकुटी मण्डप प्रदर्शनीस्थलमा आयोजना हुने प्रदर्शनीले यस वर्ष कभर्ड हल, ठूलो चौर तथा बगैंचामा समेत प्रदर्शनी स्थलको सम्पूर्ण क्षेत्रफल ओगट्ने आयोजकले जनाएको छ।

यस संस्करणको शीर्ष प्रायोजक सर्भो वल्र्ड क्लब लुब्रिकेन्ट्स हुने र मेला व्यवस्थापन ग्लोबल एसपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गर्ने नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालले जनाएको छ।

प्रदर्शनलाई बढी जानकारीमूलक, सेवामुलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धी सेवा सुविधा दिने, वित्तिय सेवासमेत उपलब्ध गराउने तथा मिडिया स्टलहरुको पनि व्यवस्थापन गर्ने जनाइएको छ।

प्रदर्शनीमा ठूला तथा साना गरी करिब १६० वटा स्टल र ब्लकहरु रहनेछन्। ६ दिनसम्म चल्ने अटो शोमा लगभग ७५ हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्