काठमाडौं- अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर काठमाडौँले आयोजना गरेको ओपीएस इन्टर स्कुल फ्रेन्ड्सीप क्वीज कन्टेस्ट २०७६ सम्पन्न भएको छ।
उपत्यकाका जम्मा २१ वटा विद्यालयहरुले सहभागिता जनाएको कार्यक्रममा लोक सेवा आयोगको परीक्षाको शैलीमा प्रथम पटक प्रतिस्पर्धा गराइएको थियो ।
उक्त छनोटमा परेका उत्कृष्ट आठ टिमबीच दोस्रो चरणको प्रतिस्पर्धा गराइएको थियो ।
विद्यालयका निर्दे्रशक डी.वी. निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सिद्धिप्रसाद कोइराला तथा सदस्य वरिष्ठ कलाकार मदनदास श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
हाजिरी जवाफ प्रतियोगितामा विजेता विद्यालयहरु क्रमश प्रथम वृहस्पति विद्या सदन रु २०,००० (बीसहजार) नगद, ह्विज किड्स मा.वि. दित्तीय रु १०,००० नगद, के.एम.सी मा.वि. तृतीय रु ८,००० नगद र सान्त्वना व्राइट फ्युचर स्कुलले रु २,००० नगद सहित शिल्ड, ट्रफी तथा प्रमाण पत्र प्राप्त गरेका थिए ।
यस कार्यक्रमको समापन समारोहमा विद्यार्थीहरुले स्वागत गीतका साथै नृत्य प्रस्तुत गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४