आइतबार, मंसिर २१, २०८२

सेन्चुरीको नायव कार्यकारी अधिकृतमा न्यौपाने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं - सेञ्चुरी कमर्सियल बैंकले मनोज न्यौपानेलाई नायव कार्यकारी प्रमुखमा नियुक्त गरेको छ। न्यौपाने सोही बैंकमा दुई वर्षदेखि प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत थिए । उनलाई बैंकको बिहीवार बसेको सञ्चालक समितिले बैठकले सो पदमा नियुक्त गरेको हो।
 
न्यौपानेसँग लक्ष्मी बैंकबाट बैंकिङ सेवा प्रारम्भ गरी हिमालयन बैंक लिमिटेड तथा सनराईज बैंक लिमिटेड गरी करिब १५ वर्षको बैंकिङ अनुभव रहेको छ। न्यौपाने बैंकको प्रमुख सूचना अधिकारी पनि हुन्।

न्यौपानेले काठमाडौं विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन्। उनको लगनशीलता, बजार पहुँच, बैंकिङ्ग तथा वीत्त बजार सम्बन्धी ज्ञान तथा प्रभावकारी नेतृत्वमा बैंक आगामी दिनहरुमा अझ गतिशिल भई सफलताका साथ अगाडि बढ्ने विश्वास बैंकले लिएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्