बिहीबार, साउन २८, २०८३

सिद्धार्थ बैंकको नयाँ शाखा धादिङ बेसीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सिद्धार्थ बैंकले नयाँ शाखा विस्तार गरेको छ। बैंकले बुधबार धादिङको धादिङ बेसीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। 

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ। 

बैंकले देशभर १६१ वटा शाखा (४ एक्सटेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १७५ एटिएम र १३०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्