बिहीबार, साउन २८, २०८३

लुम्बिनी विकास बैंकको साधारण सभा सम्पन्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – लुम्बिनी विकास बैंक लि. को ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। 

राष्ट्रिय स्तरको विकास बैंकको रुपमा स्थापित यस बैंकको मंगलबार साधारण सभा सम्पन्न भएको हो।

बैंकका अध्यक्ष शुशिलराज पराजुलीको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो। साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, आ.व २०७५ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु पारित गरेको थियो।

यस साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको १७.०७ प्रतिशत वोनस शेयर वितरण गर्ने निर्णय समेत पारित गर्‍यो। उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख पुगेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्