बिहीबार, साउन २८, २०८३

अन्तर्राष्ट्रिय व्यापार मेला भदौ १२ देखि 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर राजधानीमा ‘१२ औं तीज मेला तथा अन्तर्राष्ट्रिय व्यापार मेला २०७६’ आयोजना हुने भएको छ।

राजधानीको त्रिपुरेश्वरस्थित यूनाइटेड वर्ल्ड ट्रेड सेन्टर (डिइसिसी नेपाल) मा यहि भदौ १० गतेदेखि १४ गतेसम्म आयोजना हुने मेलाको तयारी पुरा भएको इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ।

नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत १२ वर्षदेखि सञ्चालन हुँदै आएको तीज मेलाको यो १२ औं संस्करणका लागि सहआयोजकमा विगतमा जस्तै डिइसीसी नेपाल रहेको छ। यो मेलामा यो वर्ष काठमाडौंमा १०० भन्दा बढी कम्पनी, संघ, संस्थाहरुको सहभागीता हुनेछ भने पचास हजारभन्दा बढि मानिसहरुले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ।

नेपाल चेम्बर अफ कमर्शले सहयोग गरेको मेलामा पाकिस्तानबाट १२, भारतबाट १२,  बंगलादेशबाट १२ तथा नेपालीहरुको तीज विशेष ७० वटा गरेर १०६ स्टल रहने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्