बिहीबार, साउन २८, २०८३

वडा सदस्य र छोरा घुससहित पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – स्थानीय तहका एकजना वडा सदस्यका छोरा घुससहित पक्राउ परेका छन्। महोत्तरीको मंगहा नगरपालिका–८ का वडा सदस्य कारी साहका छोरा मुकेश साहलाई अख्तियारको टोलीले जनकपुरबाट १ लाख ६० हजार घुससहित पक्राउ गरेको हो।

जनकपुुधाम उपमहानगरपालिका–९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाट उपभोक्ता समितिको पदाधिकारीसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले मुकेशलाई रंगेहात पक्राउ गरेको हो। वडाअध्यक्ष मो.रफिक आलमसँग मिलोमतो गरी वडा सदस्य कारीले आफ्नो छोरा मुकेशलाई घुस रकम लिन पठाएको बताइएको छ।

वडाध्यक्ष आलम र वडा सदस्य कारीलाई भंगहाबाट पक्राउ गरिएको छ। अख्तियारको टोलीले दुवैलाई भंगहा नगरपालिका क्षेत्रबाट पक्राउ गरेको हो।

अख्तियारका उपसचिव हरिप्रसाद घिमिरेले जनाएअनुसार सडक ढलान र नाला निर्माण गरेवापत रकम निकासाका लागि वडाध्यक्ष आलम र वडासदस्य कारीले उपभोक्ता समितिसँग घुस मागेका थिए। उपभोक्ता समितिसँग घुस लिइरहेको अवस्थामा मुकेश अख्तियारको फन्दामा परेका हुन्।

पक्राउ परेका तीनैजनालाई अख्तियारको बर्दिवास कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको उपसचिव घिमिरेले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।