बिहीबार, साउन २८, २०८३

सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी- लागुऔषध ब्राउन सुगरसहित सुनसरीको इटहरीबाट नेपाली सेनाका मेजर पक्राउ परेका छन् । 

नेपाली सेनाको पूर्वी पृतनामा कार्यरत मेजर अजित सिंहसहित दुई जनालाई आज लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । 

सिंहको साथबाट प्रहरीले डेढ ग्राम ब्राउन सुगर बरामत गरेको छ। शनिबार साँझ साढे ५ बजेको तिर पक्राउ परेका दुवैलाई थप कारवाहीका लागि इटहरीस्थित प्रहरी कार्यालयमा बुझाइएको उनले जानकारी दिए । 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कैलाली घर भएका सिंह पूर्वी पृतना इटहरीमा कार्यरत थिए।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।