काठमाडौं - सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा चिनिएको ‘आइसिटी अवार्ड’ को चौथो संस्करण यही साउन ३२ गते सोल्टी क्राउन प्लाजामा आयोजना हुदैछ।
यस वर्षको आइसिटी अवार्डमा ३ विधाका सर्वोत्कृष्टलाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपूर्ण विना धितो ऋण दिने जानकारी गराएको छ। राष्ट्रिय वाणिज्य बैंक आइसिटी अवार्ड २०१९ को बंैकिङ पार्टनरको रुपमा रहेको छ। स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका विजेतालाई बैंकले यो सुविधा दिन लागेको हो ।
यसैगरी आइसिटी अवार्डको इन्सुरेन्स पार्टनरको रुपमा रहेको एसियन लाइफ इन्सुरेन्सले सम्पूर्ण अवार्ड विजेताहरुलाई १० लाखसम्मको इन्सुरेन्स गरिदिने जानकारी गराएको छ। यस वर्ष १० वटा विधामा आइसिटी अवार्ड प्रदान गरिनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४