बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कृषि विकास बैंक पनि 'कनेक्ट आइपीएस इ पेमेन्ट' प्रणालीमा 

कृषि विकास बैंक पनि 'कनेक्ट आइपीएस इ पेमेन्ट' प्रणालीमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको ‘कनेक्ट आइपीएस इ पेमेन्ट सिष्टम’ मा कृषि विकास बैंक पनि जोडिएको छ।

आइपीएसमा जोडिएसँगै अब कृषि विकास बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत् आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानी कारोबारहरु गर्न सक्नेछन्।

यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आबद्ध गरी आफ्नो बैंक खातालाई लिङ्क गराई यसमा उपलब्ध हुने भुक्तानी सेवाहरु प्राप्त गर्न सक्नेछन्। 

हाल यस प्रणाली मार्फत् नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानी लगायतमा अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ।

कनेक्ट आइपीएस इ पेमेन्ट प्रणालीमा हालसम्म ५७ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेका छन् भने ५१ वटा बैंक तथा वित्तीय संस्थाहरुले सेवा प्रयोग गरिरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्