बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रसुवागढी र सान्जेनको सेयर कारोबार मंगलबारदेखि खुल्ने

रसुवागढी र सान्जेनको सेयर कारोबार मंगलबारदेखि खुल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - मं‍गलबारदेखि रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत कम्पनीको सेयर कारोबार हुने भएको छ। नेपाल स्टक एक्सचेन्जमा सोमबार ति दुई कम्पनीको सेयर सूचिकृत भएको हो। योसँगै बजारमा कारोबार गर्नका लागि ति कम्पनीहरु योग्य भएका छन्।
 
पहिलो कारोबार लागि रसुवागढी हाइड्रो पावर कम्पनीले ९७ रुपैयाँ २९ पैसा देखि २९१ रुपैयाँ ३२ पैसा सम्मको मुल्य तोकेको छ। 

त्यस्तै साञ्जेन हाइड्रो पावरले ९६ रुपैयाँ ३२ पैसा देखि २८८ रुपैयाँ ९६ पैसाको सम्मको मूल्य पाएको छ। सोही मूल्यभित्र रहेर मंगलबार बिहान 'प्रि ओपन सेसन’मा पहिलो कारोबार हुने छ। ति कम्पनीको पहिलो कारोबार बिहान साढे १० बजेदेखि पौने एघार बजे सम्म भइसक्नेछ। 

कम्पनीको साधारण सेयर जारी भएको तीन महिनापछि मात्र दोस्रो बजारमा सूचिकरण भएको हो। 

रसुवागढी र सान्जेनले वैशाख ६ गतेदेखि १२ गतेसम्म सर्वसाधारणको लागि सेयर जारी गरी वैशाख १९ गते बाँडफाँट गरेको थियो।

चिलिमे जलविद्युत कम्पनीले प्रवर्द्धन गरेको दुबै आयोजनाको ७० प्रतिशत निर्माण सम्पन्न भएको छ। कम्पनीले प्रभावित क्षेत्रका वासिन्दाको लागि सेयर निष्काशन गर्न भने बाँकी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्