काठमाडौं - पुँजीगत लाभकरको विवाद टुङिएसँगै सेयर बजार परिसुचक (नेप्से) सुधारिएको छ । बजार घट्नुमा मौद्रिक नीति र पुँजीगत लाभकरको विवाद नै मुख्य कारक रहेको सेयर बजार विष्लेषकहरुले बताउँदे आएका थिए ।
अर्थमन्त्रालयले सरोकारवाल निकायका साथै लगानीकर्ताको उपस्थितीमा पुँजीगत लाभकरको विवाद सुल्झाएपछि बुधबार नेप्से ६.२६ अंकले सुधार देखिएको छ। लगानीकर्ताहरुले शेयर दलाल व्यवसायीको कार्यालयमा गएर ल्याप्चेसहितको आधार मूल्यको स्वघोषणा गर्नुपर्ने व्यवस्था अन्त्य गर्न माग गर्दै धितोपत्र दलाल व्यवसायीका गएर लेप्चे नलगाउन पनि लगानीकर्तालाई आग्रह गरेका थिए । सो विषयमा अर्थमन्त्रालयले संयोजन गरेर विवाद मिलाएको थियो ।
बजार सुधार भएपनि कारोबार रकम भने बढ्न सकेको छैन। यसदिन जम्मा १६९ वटा कम्पपनीको ३७ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ। यसदिन विकास बैंक समूहको बाहेक सबै समूहगत उपसुचक केही सुधार आएको छ ।
यसदिन नेपाल बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । त्यस्तै कृषि विकास बैंक, प्रभु बैंक,युनाइटेड लगायतका कम्पनीले धेरै कारोबार भएको छ । त्यस्तै यसदिन सिभिल लघुवित्त वित्तिय संस्था, विजय लघुवित्त वित्तिय संस्था,लक्ष्मी लघुवित्त वित्तिय संस्था,नेपाल एग्रो लघुवित्त विीत्तय संस्था,नेपाल सेवा लघुवित्त वित्तिय संस्था लगायतका कम्पनीहरुको १० प्रतिशतले बढेको छ ।
त्यस्तै यसदिन युनियन हाइड्रो पावर, राधी वित्तिय कम्पनी,सिर्जना फाइनान्स,वल्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लगायतका लगानीकर्ताहरुले गुमाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४