बुधबार, साउन २७, २०८३

सिद्धार्थ बैंकको नयाँ शाखा धापासीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सिद्धार्थ बैंकको नयाँ शाखा काठमाडौंको धापासीमा सञ्चालनमा ल्याएको छ।

उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ। 

हालै सञ्चालनमा आएको शाखासहित बैंकले देशभर १६० वटा शाखा (४ एक्सटेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १७३ एटिएम र १३०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्