काठमाडाैं- प्रभु बैंक र अर्बिट मेडिकल इन्ट्रान्स प्रालिबीच विद्यार्थीहरुलाई सहज बैंकिङ कारोबारका लागि सम्झौता भएको छ।
प्रभु बैंक र अर्बिटबीच शुक्रबार सहमति पत्रमा हस्ताक्षर भएको हो।
सो सम्झौताअनुसार अब अर्बिट मेडिकल इन्ट्रान्स प्रालिका लागि आधिकारिक बैंक प्रभु बैंक भएको छ।
योसँगै अर्बिट कम्पनीसँग आबद्ध शैक्षिक परामर्श सेवा उपलब्ध गराउने संस्थाबाट सिफारिस भई आएका उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरुले बैंकको सबै शाखाबाट सबै प्रकारको कारोबार सहजरुपमा प्राप्त गर्न सक्नेछन्।
विद्यार्थीले बैंकका सबै शाखाहरुबाट नगद जम्मा गर्ने, विदेशी मुद्रा सटही सुविधा, स्वीफ्ट, टीटी, अनलाईन पेमेन्ट, ड्राफ्ट आदिका माध्यमबाट हुने आईएलटीएस, टोफेल, पीटीई, सीएई, एसएटी, जीआरई, जीम्याट, तथा ट्युशन फी आदि शैक्षिक शुल्क भुक्तानी गर्न सक्ने र शैक्षिक कर्जा आवश्यक परेमा सर्वशुलभ रुपमा प्राप्त गर्नेसम्मका सेवा सुविधा उपभोग गर्न सक्नेछन्।
यी कामहरुलाई प्राथमिकतामा राखेर बैंकको कमलादी शाखालाई मुख्य सम्पर्क केन्द्र तोकिएको छ।
यो सम्झौताबाट बिदेशमा अध्ययनका लागि जाने बिद्यार्थीहरु तथा तिनका आश्रीतहरु लाई लाभ मिल्ने आशा गरिएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए।
उक्त सहमति पत्रमा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शेरचन तथा अर्बिट मेडिकल इन्ट्रान्सका तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक सुनिल रेग्मीले हस्ताक्षर गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४