बुधबार, साउन २७, २०८३

इसेवामा खाता खोल्नेको संख्या २० लाख नाघ्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पेमेन्ट गेटवे ‘इसेवा’ मा एकाउन्ट खोल्नेको संख्या २० लाख नाघेको छ। पछिल्लो दिनमा विभिन्न सेवा तथा किनमेलको भुक्तानी मोबाईल तथा इन्टरनेटमार्फत गर्न अभ्यस्त हुँदै गएपछि इसेवामा एकाउन्ट खोल्नेको संख्या बढेको हो। 

इसेवाले सुरु गरेको ‘रिफर एण्ड अर्न’ अफरका कारण पनि इसेवामा खाता खोल्नेको संख्या बढेको कम्पनीले जनाएको छ।

इसेवाको मोबाईल एप्स् डाउनलोड गरी कारोबार गर्नेको संख्या पनि १३ लाख पुगेको कम्पनीले प्रेस विज्ञप्ति मार्फत जनाएको छ।

त्यस्तै, देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङमार्फत करिब एक करोड व्यक्तिले इसेवाका सेवा लिइरहेका छन्।

हाल इसेवाका देशभर करिब ५५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) छन्। त्यसैगरी इसेवामा रहेका मर्चेन्टको संख्या पनि २५ हजारभन्दा बढी पुगेको छ। 

‘हामीले डिजिटल ट्वान्टी–ट्वान्टी भन्ने महत्वाकांक्षी योजना अगाडी सारिरहेका छौ, यसबाट के पुष्टि हुन्छ भने हामी क्यासलेस सेसाइटी निर्माणको बाटोमा गइरहेका छौ,’ इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले भने। विज्ञप्तिमा भनिएको छ। 

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल–कलेजको शुल्कलगायत सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्