बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेज बीच सम्झौता 

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेज बीच सम्झौता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र उपाय सर्भिसेज लि. बीच व्यवसायिक परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ। 

बैंक र उक्त संस्था बीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र उपाय सर्भिसेजका तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरे।

सम्झौता अनुसार बैंकका ग्राहकले नयाँ व्यवसायको योजना, उद्योगसंग सम्बन्धित सेवा, कर तथा लेखा सम्बन्धि लगायतका अन्य सेवाहरु बैंकका शाखा कार्यालयहरुबाट उपाय सर्भिसेज मार्फत सहज तथा सरल रुपमा परामर्श प्राप्त गर्न सक्नेछन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्