बिहीबार, चैत १२, २०८२

वर्षायाममा यसरी स्वास्थ्य जोगाउन सकिन्छ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
वर्षायामको महिना छ, असारे झरीले केही दिनयता देशभर जनजीवन प्रभावित भइरहेको छ।

यस्तो समयमा अत्यधिक फैलने झाडापखाला, रुघा खोकी, सरुवा रोग र फोहोर पानीका कारण अन्य संक्रमण हुनसक्ने सम्भावना बढेको छ। मलेरिया, डेंगु, इन्सेफलाइटिस जस्ता रोगको महामारी फैलिन सक्छ। 

वर्षायाममा यस्ता रोगबाट बच्न हामीले आफ्नो लागि गर्नसक्ने सावधानी अपनाउन जरुरी छ। झरीको समयमा पहिरो जाने सम्भावना प्रबल रहन्छ। जसले पानीको पाइप फुटेर पानीमा ढल मिसिने र संक्रम्रण हुने सम्भावना वढी हुन्छ। त्यसैले झरीको समयमा केही आधारभूत पक्षहरुलाई ध्यानमा राखेर होसियारी अपनाउनु राम्रो हुन्छ।

१. फिनाइलको प्रयोग गर्ने : घर, भान्सा, शौचालय, गोठ वरपर फिनाइल पानीको प्रयोग गरेर किटाणुरहित बनाउन सकिन्छ। 

२. पर्याप्त पानी पिउने झरीको समयमा दुषित पानीले विभिन्न किसिमका सरुवा रोग र महामारीबाट जोगाउन मन तातो पानीमा कागती राखेर पिउन सकिन्छ। यसले रक्तसञ्चारलाई चुस्त राख्छ। र रोग प्रतिरोधात्मक शक्ति बढ्छ र एलर्जी तथा संक्रमण जस्ता समस्याले सताउँदैन। 

३. स्वच्छ पानीको प्रयोग गर्ने : पानी मजाले फिल्टर वा ताताएर पिउन सकिन्छ। वर्षायाममा पानीको पाइप फुटेर खानेपानी दुषित हुने सम्भावना धेरै हुन्छ। त्यसैले वर्षामा पानी धेरै खर्च नगर्ने र तातो पानी र फिल्टरको प्रयोग गर्नुपर्छ।

४. खानपानमा ध्यान दिने : बाहिर खुला ठाउँमा राखेका खानामा किटाणु फैलिएर संक्रमण हुनसक्छ। त्यसैले सकेसम्म बाहिरका खाना निषेध गर्नुपर्छ।

५. लामो यात्राको योजना नबनाउने : वर्षायाममा भारी वर्षाका कारण देशैभर वाढी पहिरोले बाटो अवरुद्ध हुने गर्छ। यस्तो समयमा खतरा र बाटोमा अनेकौँ समस्या हुनसक्छन्। सकेसम्म लामो यात्रामा नगएको राम्रो हुन्छ। जानै परेमा पनि कम्तिमा आवश्यक सामानहरु, खानेकुरा र पानीको जोहो गर्न आवश्यक छ। 

६. बालबालिकाको विशेष ध्यान राख्ने : झरीको समयमा साना खोल्सी, नाला, खेतबारी र नदिनालामा आएका वाढीबाट साना बालबालिकालाई बचाउँनुपर्छ। 

७. सरसफाईमा ध्यान दिने : मनसुनको झरीमा विभिन्न वस्तुबाट किटाणु शरीरसम्म पुग्न धेरै समय लाग्दैन। खाना खानुअघि र झरीमा भिजेपछि साबुन पानीले हात खुट्टा धुने र नुहाउने गर्नुपर्छ। यसले शरीरको तापक्रम सन्तुलन गर्नुका साथै वातावरणबाट आएको किटाणुहरुले असर गर्न पाउँदैन। 

८. भिटामिन सीयुक्त खाना खाने : मनसुनमा भिटामिन सीले भरिपूर्ण फलफुल खानु स्वास्थ्यको लागि फाइदा हुन्छ। यसले रोग प्रतिरोधात्मक शक्ति वढाउँछ। भिटामिन सीले शरीर चिसो हुनबाट जोगाउँछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्