काठमाडौं- सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा जनकराज शर्मा नियुक्त भएका छन्।
यसअघि सञ्चालक समितिको विरोधका कारण सिइओमा नियुक्त भएका निरज श्रेष्ठले सञ्चालक समितिलाई नआउने जानकारी गराएपछि शर्मा सिइओको रुपमा नियुक्त भएका हुन्।
गत विहिबार श्रेष्ठले आफु बैंकमा नआउने जानकारी गराएपछि सञ्चालक समितिले पौड्याललाई प्रमुख कार्यकारी नियुक्त गरेको हो। चार बर्षका लागि पौड्याल प्रमुख कार्यकारी नियुक्त भएका हुन्।
यसअघि पौडेल ग्लोबल आइएमई बैंकका सिइओ थिए। पौडेलसँग ३० बर्षको बैकिङ क्षेत्रको अनुभव रहेको छ। पौड्यालले नबिल बैंकबाट इन्ट्रि लेवलबाट करियर सुरु गरेका हुन्। उनले नविल बैंक, एनआइसी एसिया, लक्ष्मी बैक हुदै ग्लोवल आइएमई बैंकमा सिइओ बनेका थिए।
पौडेल पढ्नका लागि लन्डन गएका थिए। उनले लण्डनको बैंकमा पनि काम गरेका थिए। ग्लोबल बैंकमा उनी सहायक महाप्रबन्धकका रुपमा भित्रिएका थिए।
ग्लोबलको नायव प्रमुख कार्यकारी हुँदै उनी प्रमुख कार्यकारी अधिकृत बनेका थिए। ग्लोबल आइएमइमा दुई बर्ष कार्यकाल बाँकी छँदै उनले राजिनामा दिएर बाहिरिएका थिए। उनको कुलिङ पिरियड आउँदो साउन ८ गते सकिँदैछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४