सोमबार, जेठ १८, २०८३

प्रदेश १ : मुख्यमन्त्री नियुक्त भएलगत्तै भीम आचार्यको शपथ

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले शपथ ग्रहण गरेका छन्। अहिले अन्य मन्त्री नियुक्ति नगरिने भएको छ।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

विराटनगर– प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले शपथ ग्रहण गरेका छन्। अहिले अन्य मन्त्री नियुक्ति नगरिने भएको छ।

National life

विराटनगरको होटल एसियाटिकमा बिहीबार संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यलाई आजै मुख्यमन्त्री नियुक्त गरेर शपथ गराइएको हो। 

संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो। 

आचार्यले संविधान अनुसार ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्नेछ। प्रदेश १ को मुख्यमन्त्रीबाट शेरधन राईले आजै प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीसमक्ष राजीनामा दिएलगत्तै आचार्यले शपथ ग्रहण गरेका हुन्।

प्रकाशित: Aug 26, 2021| 12:39 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।