सोमबार, जेठ १८, २०८३

एमाले नेता भीम आचार्यका भाइ घरमै मृत भेटिए

प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका एमाले नेता भीम आचार्यको परिवारमा शोक परेको छ।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८
National life
Shivam cement

विराटनगर– प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका एमाले नेता भीम आचार्यको परिवारमा शोक परेको छ। नेता आचार्यका सहोदर भाइ राम आचार्य आज बिहान घरमै मृत अवस्थामा फेला परेका हुन्। 

सुनसरीको इनरुवा–३ महेन्द्रचोक निवासी ५६ वर्षीय आचार्य मृत अवस्थामा भेटिएको र घटनाको अनुसन्धान भइरहेको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जय सिंह थापाले बताए। प्रहरी टोली उनको घरमा पुगेको छ। आचार्य मृत भेटिएको कोठाको चुकुल भित्रबाट लगाइएको पाइएको बताइएको छ।

उनलाई मुधमेह, उच्च रक्तचाप र डिप्रेसनको पुरानै समस्या रहेको बताइएको छ। बिहान १०ः३० बजेतिर प्रहरीले घटना थाहा पाएको हो। घटनालगत्तै प्रहरी टोलीले आचार्यको घरमा पुगेर घटनाको अनुसन्धान थालेको छ।

प्रकाशित: Aug 26, 2021| 11:57 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।