बिहीबार, चैत १२, २०८२

कृत्रिम छालामा क्रान्तिकारी उपलब्धी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं - एसिड एट्याक पीडितहरूको उपचारका लागि पाकिस्तानी डाक्टर रउफले कृतिम छाला बनाएकी छन्। हुन त यस अघि पनि कृतिम छाला र यसको उपचार नभएको होइन तर, त्यसको मुल्य निकै महंगो हुने गरेको थियो। 

डाक्टर रउफले बनाएका यी चर्मलाई उनले निकै सस्तो मुल्यमा उपचारको लागि लैजाने भएकी छन्। जसको मुल्य केवल पाँच डलर प्रति वर्ग इन्च रहेको छ। जबकी पहिले प्रति वर्ग इन्च नौं सय डलर लाग्ने गर्थ्यो। उनको यो कृतिम चर्मलाई क्रान्तिकारी आविष्कार मानिएको छ। 

प्रयोगशालामा बनाइने यस प्रकारका छालाका कोष बनाउनको लागि पहिले ट्राइपीजाइन एंजाइमको प्रयोग हुन्थ्यो। जसको कारण छालाको उपचार बढी महंगो हुने गर्थ्यो। 

डाक्टर रउफले लाहोर प्रयोगशालामा गरेको परीक्षणमा ‘ट्राइपिजाइन एंजाइम’ को सट्टा ‘सोडियम क्लोराइड’ अर्थात नुनको प्रयोग गरेकी थिइन्, जसबाट पनि कृतिम छालाको आविष्कार सम्भव रह्यो।

विज्ञका अनुसार यस उपलब्धीसँगै अब छालाको उपचारमा राहत मिलेको छ। यसका साथै सोडियम क्लोराइडबाट बनेका यस प्रकारका छाला दुई वर्षसम्मको लागि स्टोर गरेर राख्न सकिन्छ। 

यससँगै एसिड एट्याकका पीडितहरूले निकै कम खर्चमा उपचार गर्न सक्नेछन्। यस अघि एसिड एट्याकका पीडितहरूलाई अन्यले गरेको छाला दान वा आफ्नै शरीरको भागको छाला ट्रान्सप्लान्ट गर्नुपर्ने हुन्थ्यो। छाला ट्रान्सप्लान्ट आफैमा महंगो छ भने दान गरिएको छालालाई जोगाउन निकै गाह्रो हुन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्