बुधबार, साउन २७, २०८३

बृहत शैक्षिक मेला आयोजना हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ। संघले विगत वर्षहरुमाझैं यस वर्ष पनि बृहत शैक्षिक मेलाआयोजना गर्न लागेको हो।

यही असार २६ गतेबाट राजधानीको भृकुटीमण्डपमा सुरु हुने १३ आंै शैक्षिक मेला २०७६ को सम्पूर्ण तयारी पूरा भइसकेको छ। 

विश्व ग्लोवल भिलेजको रुपमा परिवर्तित भइरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुनसक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवाप्रदान गर्ने मेलाको उद्देश्य रहने आयोजकले जनाएको छ।

आयोजकले एक लाखपचास हजार भन्दा वढीले मेला अवलोकन गर्ने अनुमान गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्