बुधबार, जेठ २७, २०८३

राती रुँदा शरीरको तौल घट्छ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
National life
Shivam cement
मोटेपना आजको मानिसको ठूलो समस्या बनेको छ। मोटोपनले सताएका धेरै मानिसहरु यसको लागि अनेकौं उपाय रोज्ने गर्छन्। तर सबै उपायले काम गर्छ भन्ने पनि हुँदैन। 

मोटोपन कम गर्न धरै खर्च गर्ने मानिसहरुको पनि कमी छैन। 

तर सुन्दा अचम्म लाग्छ रोएर पनि शरीरको मोटोपना हटाउन सकिन्छ भन्ने एक अनुसन्धानमा खुलेको छ। 

एसियन वन मा प्रकाशित भएको एक रिर्पोट अनुसार हामी रुँदा हाम्रो शरीरमा कार्टिसोन नाम गरेको हार्मोन निस्किन्छ। शरीरमा यो हार्मोनको मात्रा बढी भएमा मोटोपना आफैं घट्ने गर्दछ। 

अर्को भनेको तनावको मात्रा वढेपछि हामीलाई रुन आउँछ र आँसुबाट एक विषालु पदार्थ निस्किन्छ जसले शरीरको तौल कम गर्न मद्दत गर्दछ।  

अनुसन्धानमा यो पनि खुलेको छ कि जो व्यक्ति रोए पनि सजिलै आँसु निकाल्न सक्दैनन् उनको लागि शरीरको तौल घटाउन धेरै गाह्रो हुन्छ। र रोएको नाटक मात्र गर्ने व्यक्तिको पनि शरीरको तौल घट्दैन। 

विशेषगरी मान्छेलाई तीन तरिकाबाट आँसु आउने गर्छ। बेसल, रिफ्लेक्स र साइचिक।

बेसल आँसु मानिस अत्यधिक रुपमा खुशी भएमा आउँछ, रिफ्लेक्स आँसु चुरोटको धुँवा र प्रदुषणको कारण आउँछ र साइचिक आँसु मान्छे भावुक र दुःखमा आउँछ। साइचिक आँसुकै कारण मानिसले शरीरको तौल घटाउन सक्छ।

रातको ७ बजेदेखि १० बजेको बीचमा भावुक भएर रुने हो भने तौल घट्छ। यो समय मानिसमा नेगेटिभ इमोशनले सबैभन्दा बढी गढेको हुन्छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्