काठमाडौं- ५४ प्रतिशत विदेशी लगानी रहेको नेपाल एसबीआई बैंक पनि मर्जरमा जाने इच्छा देखाएको छ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति जारी हुनुअगावै जोडी खोजेर मर्ज गर्नका लागि दबाव दिएपछि आइतबार एसबीआई बैंकले पनि मर्जको प्रस्ताव केन्द्रीय बैंकमा पठाएको हो।
नेपाल राष्ट्र बैंकका प्रबक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार एसबीआई बैंकमा स्टेड बैंक अफ इन्डियाको ५४ प्रतिशत लगानी रहेको।
बैंकले प्रुडेन्ड प्राक्टिसहरु अलवम्वन गरेको छ भने बैकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधिहरु भित्र्याइरहेको छ।
एसबीआई बैक मर्जरका लागि तयार होला भन्ने सामान्य अनुमान विपरित उसले इच्छा देखाएको हो।
नेपालमा लगानी गरेपछि नेपालको नीति नियम मान्नुपर्ने बाध्यताका कारण एसबीआई बैंकले मर्जको लागि प्रस्ताव पठाएको हो।
धेरैले विदेशी लगानीका स्टाण्डर्ड चाटर्ड र नेपाल एसबीआई बैंक तथा तीनवटा सरकारी लगानीका बैंकलाई यो नीतिले प्रभाव नपार्ने सोचेका थिए।
नेपाल राष्ट्र बैंकका प्रवक्ता निरौलाले एसबीआई बैंकले मर्जरमा जान इच्छुक रहेको आफ्नो प्रस्ताव राष्ट्र बैंकमा पठाएको बताए।
‘मर्जरमा सकारात्मक रहेको प्रस्ताव एसबीआई बैंकले गरेको छ’, निरौलाले भने।
यस्तै माछापुच्छ्रे, सिभिल, एनसीसी, लक्ष्मी, सिटिजन्स, सनराईज, सानिमा र एनएबी बैंकले समेत मर्जरमा जान तयार रहेको प्रस्ताव पेश गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४