काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेड र सुजुकी ड्राइभिङ स्कुल प्रा.लि. ललितपुरबीच बैंकका कर्मचारी तथा ग्राहकलाई ड्राइभिङ स्कुलले प्रदान गर्ने सम्पूर्ण सेवामा क्युआर पेमेन्ट तथा डेबिट एवं क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ।
क्युआर पेमेन्टका लागि सर्वसाधारणले एन आई सी एशियाको मोबाइल एपमार्फत् क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सकिनेछ र उक्त भुक्तानीबारे एसएमएसबाट जानकारी प्राप्त गर्न सकिनेछ।
एनआईसी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बिजनेस शाखाका इन्चार्ज रौनक करवा र सुजुकी ड्राइभिङ स्कुलको तर्फबाट स्कुलका अध्यक्ष राजन क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत विवेक जंग थापाले हस्ताक्षर गरेका छन्।
एनआईसी एशिया बैंकले मुलुकभर २८५ शाखा कार्यालय, ३०० एटिएम, ४७ वटा एक्स्टेन्सन काउन्टर तथा ३७ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४