बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विषादी परीक्षण सुरु गर्न एक वर्ष लाग्ने मन्त्रीको जवाफ

विषादी परीक्षण सुरु गर्न एक वर्ष लाग्ने मन्त्रीको जवाफ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले भारत लगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफुल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा १ वर्ष लाग्ने बताएक छन्।

तेश्रो मुलुकबाट आयात हुने फलफूल र तरकारीमा ६ महिनाका लागि विषादी परीक्षण नगर्ने सरकारको निर्णयको चौतर्फी विरोध भईरहेका बेला कृषि मन्त्री खनालले एकीकृत विषादी परीक्षणको सुरुवात गर्न कम्तिमा १ वर्ष लाग्ने बताउनुभएको हो।

राष्ट्रियसभाको आइतबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा विनियोजित बजेटमाथि बैठकमा उठेका प्रश्नको सम्बोधन गर्ने क्रममा उनले यस्तो जानकारी गराएका हुन्।

सरकारले पूर्वाधार निर्माण गरि ६ महिना पछि परीक्षण सुरु गरिने भनेपनि सो अवधिमा घोषणा गरिए अनुसार एकीकृत र प्रविधियुक्त परीक्षण सुरु गर्न नसकिने ठोकुवा उनले बताए।

उनले भने, ‘६ महिनाभित्र पुर्वाधार तयार गर्ने भनिएको छ। ६ महिनामा मैले भनेको छु सकिदैन। किनभने हाम्रो खरिद प्रक्रिया आदि इत्यादी। त्यो प्रकारका ल्याब खडा गर्ने हो भने  हामीलाई ४ अर्ब रुपैया लाग्छ। हामीले त्यो अर्थसंग माग गरिसकेका छौँ। र त्यसको खरिद प्रक्रिया पुरा गर्न हामीलाई करिब ९ महिना लाग्छ। ९ देखि १० महिना ल्याबहरु खडा गर्न सकिन्छ। र जाँचलाई हामीले भएकालाई दुरुस्त गर्ने हो भने गरि अहिलेही ७ वटा ल्याबबाट हामीले परीक्षण सुरु गरेका थियौ। तत्काललाई अब के ? बहस जारी नै छ।’

एक नम्बर प्रदेशको विर्तामोड, दुई नम्बरको सर्लाही, ३ नम्बरको कालीमाटी, गण्डकी प्रदेशको पोखरा, ५ नम्बर प्रदेशको बुटवल र ७ नम्बर प्रदेशमा रहेका २ वटा विषादी परीक्षण केन्द्रबाट विषादी परीक्षण हुदै आएकोमा अहिले भने रोकिएको उनले जानकारी दिए।

केन्द्रीय प्रयोगशालाले २९ वटा विषादीका समुहको परीक्षण गर्ने भए पनि बाँकीमा २ वटा प्यारामिटर मात्रै चेक हुँदै आएको उनले स्पष्ट पारे। चेकजाँच गर्ने सरकारको निर्णय कार्यान्वयका लागि आफुले खाद्य, पशु र प्लान क्वारेन्टाईन अन्र्तगतका १४ वटा क्यारेन्टाईन थप निर्माण गर्नुको साथै ३ सय १२ जना कर्मचारी थपेर व्यवस्थित बनाउने काम गरेको पनि उनले स्पष्ट पारे।

तर वाणिज्य र कृषि मन्त्रालयसंग सम्बन्धीत कतिपय विषयमा एउटाले गरेको निर्णय अर्को मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने अवस्था रहेकाले तत्कालका लागि पुर्वाधार नभएको भन्दै परीक्षण रोक्न बाणिज्यले गरेको प्रस्ताव पास भएपछि आफुले त्यसैको कार्यान्वयन गुर्नपर्ने उनले स्पष्ट पारे।

उनले भने, ‘वाणिज्य र कृषिका अलग अलग निर्णय हुने तर ती सम्बन्धित छन्। मुल्य निर्धारण हामी गर्छौ तर क्याबिनेट वाणिज्यबाट जान्छ। निकासी पैठारी ऐन अन्र्तगत निर्णय हुन्छ तर
कार्यान्वयन कृषि मन्त्रालयले गर्नुपर्छ। त्यसो गर्दा वाणिज्यबाट यो प्रस्ताव गयो। प्रस्ताव पारित भयो। र राजपत्रमा सुचना प्रकाशित भईसकेपछि सूचना प्रकाशित भएको मितिबाट मैले सुरु गरेँ, गरेको त्यही हो। अब फेरी वाणिज्यले अहिले तत्काल पुर्वाधार नभएकाले अलि सकिन्न कि भनेर प्रस्ताव लग्यो अब त्यो पास भएको छ। मैले रोक्नुपर्ने होला।’

असार २ गते राजपत्रमा प्रकाशित गरि आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले आफ्नै निर्णय उल्टाउदै तत्कालका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको सर्वत्र विरोध हुदै आएको छ।

मन्त्री खनालले कम्तिमा मुलुकभर ३ वटा नमुना कृषि फार्महरु बनाई विभिन्न अनुसन्धानका काम अघि बढाउनका लागि ५० प्रतिशत अनुदान र ५० प्रतिशत संचालनको रहने गरि आयोजना अघि बढाउने उद्देश्यले पहाडमा १ सय रोपनी भन्दा बढी  र तराईमा १ सय बिघा भन्दा बढी जमिनको दायरा राखिएको भएपनि सुझावका आधारमा परिमार्जन गर्न सकिने स्पष्ट पारे।

उनले ९१ प्रतिशत भन्दा बढी बजेट विनियोजन मधेसमा भएको भन्दै मधेसमा कृषिमा बजेट कम गयो भन्न नमिल्ने तर्क गरे। साथै उनले सरकारले ७ वटा बाली विशेषमा आत्मनिर्भरको कार्यक्रम अघि बढाएकाले उत्पादन दोब्बर बनाउने सरकारको योजना सफल हुने दाबी गरे।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्