काठमाडौं – साना तथा मझौला उद्योगहरूलाई बैङ्किङ सेवा प्रदान गर्ने लक्ष्यसहित साना तथा मझौला उद्योग कर्जासम्बन्धी आफ्नो कार्यक्रमको पुनः संरचना गर्नका लागि सिद्धार्थ बैङ्कले यूकेएड सक्षम एक्सेस टु फाइनान्ससँग सम्झौता गरेको छ।
सिद्धार्थ बैङ्कका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम र सक्षमका टोली प्रमुख निर्मल दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
उक्त साझेदारीले नवीनतम् तथा दिगो पद्धति मार्फत् साना तथा मझौला उद्योगहरूको वित्तीय आवश्यकतालाई, विशेषगरी मध्यम स्तरको लगानीको आवश्यकता परेका तर परम्परागत संयन्त्रहरूबाट ऋण प्राप्त गर्न सक्ने अवस्थामा नरहेका (मिसिङ मिडल) व्यवसायहरूको आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४